पर्यटन र कृषि नै युवा समृद्धिको मुख्य आधार होः पर्यटन मन्त्री लम्साल

कार्तिक २९, बागलुङ । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले पर्यटन र कृषि मार्फत् युवाहरुलाई आत्मनिर्भर बनाउँदै समृद्ध गण्डकी प्रदेश निर्माण अभियानमा अगाडी बढिरहेको बताएका छन् । ताराखोला बहुउद्देशीय रेन्बो ट्राउड होम स्टेको उद्घाटन गर्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् ।   

गण्डकी प्रदेश प्राकृतिक अस्पताल भएकोले यस भित्रका सम्भावना र अवसरहरुको खोजी गरि गण्डकी प्रदेश सरकारले निती तथा कार्यक्रम अगाडी बढाइरहेको लम्सालको भनाइ छ । त्यसको लागि युवाहरुले आवश्यक कागजात र प्रकृया पुरा गरि सरकारले उपलब्ध गराउने अनुदानको अधिकतम उपयोग गरि आर्थिक समृद्धिमा जोडिनुपर्ने उनको धारणा छ ।   

त्यस्तै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले सामुदायिक होम स्टेले ताराखोलाको पर्यटन क्षेत्रमा एउटा सम्भावनाको ढोका खोलेको बताए ।   

यसले यस क्षेत्रको अर्गानिक उत्पादनलाई पर्यटनसँग जोडेर पर्यटक आवागमनमा वृद्धि गर्दै यहाँका पर्यटकीय स्थलहरुको विकास तथा स्तरोन्नति गर्न ताराखोला गाउँपालिकाले आवश्यक गृहकार्य गरिरहेको अध्यक्ष घर्तीको भनाई छ ।   

गाउँपालिकामा होमस्टे निर्माण गर्न गण्डकी प्रदेश सरकारले नगद रु १० लाख अनुदान प्रदान गरेको थियो । ताराखोलामा अहिले ५ वटा होमस्टे सञ्चालनमा रहेका छन् ।   

सामुदायिक होमस्टे उद्घाटन स्थानिय महिला समूहले मन्त्री लम्साललाई भव्य स्वागत गरेका थिए ।   

होमस्टेमा स्थानिय लोकल खानाका परिकारहरु, दरमखोलाको चिसो पानीमा हुर्केका स्वादिला रेन्बो ट्राउड माछाको स्वाद लिन सकिन्छ ।   

कार्यक्रम ताराखोला सामुदायिक बहुउद्देशीय रेन्बो ट्राउड होमस्टेका सञ्चालक पदम खत्री दिवसको अध्यक्षता, सुवास राज भण्डारीको स्वागत मन्तव्य र वडा अध्यक्ष जीत बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *