१३ औँ साग पुरुष फुटबलमा नेपाल र भारत फरक समूह

मंसिर ६, काठमाडौँ । नौ दिनपछी सुरु हुने  १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपाल र भारत फरक फरक  समूहमा परेका छन् । 

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सार्वजनिक गरिएको खेलतालिका अनुसार  नेपाल बंगलादेश र भुटान रहेको समूह ‘ए’ मा परेको छ भने समूह ‘बि’ मा भारत, माल्दिभ्स र श्रीलंका परेका छन् ।   

नेपालले  बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने  भारतले  श्रीलंका र मालदिभ्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।  दशरथ रंगशालामा हुने यस पुरुष फूटबलमा  सार्क सदस्य राष्ट्रमध्ये पाकिस्तान सहभागी गराइएकाे छैन् ।  

Image result for १३ साग पुरुष फुटबलः

लिग कम नकआउटका आधारमा यस खेलमा  समूहको शीर्ष दुईमा रहने टिम सेमिफाइनल पुग्नेछ । यस खेलको पहिलो दिन नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।   

नेपालले गत संस्करणको फाइनलमा भारतलाई हराउँदै सागमा २३ वर्षपछि स्वर्ण पदक जितेको थियो।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =