छापाः उफ ! सडक जाम, ८ किलोमिटर पार गर्न २ घण्टा, आर्मिको मेडिकल कलेजमा पनि बढी असुली, यादवलाई सरकार निल्नु न ओकल्नु, प्रदेश २ मा रोकियो ९० करोड भुक्तानी
२०७६ मंसिर ९ गते

मंसिर ९, काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशन हुने पत्रपत्रिकाहरुले विभिन्न विषयलाई आजको फ्रन्ट पेजको समाचार बनाएको छ । आजको नयाँ पत्रिका दैनिकले आर्मिको मेडिकल कलेजमा पनि बढी असुली शीर्षकमा समाचार छापेको छ । त्यस्तै कान्तिपुर दैनिकले यादवलाई सरकार निल्नु न ओकल्नु शीर्षकमा फ्रन्ट पेजमा समाचार छापिएको छ ।
त्यस्तै आजको राजधानी दैनिकले सवारी जामको विषयलाई प्राथमिकताका साथ छापेको छ । राजधानीले उफ ! सडक जाम, ८ किलोमिटर पार गर्न २ घण्टा शीर्षकमा समाचार छापेको हो ।
त्यसैगरी अन्नपूर्ण पोस्टले प्रदेश नम्बर २ को आर्थिक कारोबारको विषयको समाचारलाई प्राथमिकता दिएको छ । प्रदेश २ मा रोकियो ९० करोड भुक्तानी शीर्षकमा समाचार छापेको छ ।

अन्य पत्रपत्रिकाहरुले छापेको फ्रन्ट पेजको समाचार यसप्रकार छ ।
२०७६ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित








