बीरगञ्जमा आजबाट चलचित्र महोत्सवः राष्ट्रपतिद्वारा उद्घाटन

कार्तिक २१, बिरगञ्ज । चलचित्र निर्माता संघकाे आयोजनामा बिहिबारबाट  वीरगञ्जमा  ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’  सुरु भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीदवारा उद्घाटन गरिएको उक्त महोत्सव तीन दिन अर्थात कार्तिक २३ गते सम्म  चल्ने आयोजक पक्षले जानकारी दिएका छन् । चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनको लागि महोत्सव आयोजना गरिएका भनिएको उक्त महोत्सव विरगञ्ज घण्टाघरबाट प्रभात फेरी र्‍याली निकालेर सुरु गरिएको थियाे ।   

उक्त महोत्सवमा सहभागी हुन  नेपाल आएका बलिउडका नायक गोबिन्दा अहुजा मुख्य अतिथीको रुपमा देखिएका थिए । महोत्सवमा कलिउडका नीर शाह, भुवन केसी, झरना थापा, दीपकराज गिरी, दिपाश्री निरौला निरुता सिंह, सरोज खनाल, बसुन्धरा भुसाल, भुवन चन्द, सुनिल थापा, करिश्मा मानन्धर, केकी अधिकारी, पल शाह, अनमोल केसी, बर्षा राउत, वर्षा शिवाकोटी, हरिबंश आचय, निकिता चण्डक लगायत कलाकारको निकै बाक्लो उपस्थिती रहेको थियो ।   

महोत्सवमा प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणा समेत सहभागीता जनाएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *