आईसीसी टी–२० विश्वकप छनोटको उपाधि नेदरल्यान्ड्सलाई

कात्तिक १७, एजेन्सी । आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको  उपाधि नेदरल्यान्ड्सले हात पारेको छ ।  शनिबार राति यूएईमा सम्पन्न फाइनल खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै नेदरल्यान्ड्स विश्वकप छनोटको उपाधि जित्न सफल भएको हो ।   

१२९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ ओभरको समाप्ति तथा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्न सक्यो । नेदरल्यान्ड्सको जितमा वेन कुपरले ४१, रियान टेन डोस्याटले अविजित ३४ र कोलिन एकरम्यानले नटआउट २९ रन बनाएका थिए ।   

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । उसका लागि लिगा सिकाले ३९ र सिसी बाउले २९ रन बनाएका थिए । 

त्यस्तै, आयरल्यान्ड नामिवियालाई २७ रनले पराजित गर्दै तेस्रो स्थान बनाउन सफल भएको छ । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेटमा यो छनोटबाट नेदरल्यान्ड्स, पपुवा न्युगिनी, आयरल्यान्ड, स्कटल्यान्ड र ओमान प्रवेश गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *