दादुराको खोप नलगाइएका बालिबालिकाको आमाबुवालाई ३ लाख १५ हजार जरिवाना

  

मंसिर २, जर्मन ।  जर्मनी सरकारले नयाँ कानूनमा बालबालिकालाई दादुराको खोप अनिवार्य गरेको छ । यस्तो नगर्ने आमा–बुवाले २ हजार ७ सय ५० डलर अर्थात् तीन लाख १५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । 

मिजल्स प्रोटेक्सन एक्ट (दादुरा रोकथाम ऐन) अन्तर्गत अभिभावकले आफ्नो बच्चालाई स्कूल वा किन्डरगार्टनमा भर्ना गर्नु अघि दादुराको खोप लगाएको प्रमाण पेश गर्नुपर्ने हुन्छ । दादुराबाट बच्नका लागि दुई पटक खोप लगाउनुपर्छ । 

Image result for दादुराको खोप

दादुरा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा हावामार्फत् फैलन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सीएनएनसँगको कुराकानीमा स्वास्थ्यकर्मी, डेकेयर वर्कर, शिक्षक र श्रमिकले पनि यो नियम अनुसार खोप लगाउनुपर्छ । यो नियम सन् २०२० मा लागू हुँदैछ । 

दादुरा दुषित सतह छुँदा पनि फैलन्छ । दादुरा आउँदा ज्वरो आउने, खोकी लाग्ने, पातलो सिँगान बग्ने, आँखा रसिलो हुने र शरीरमा रातो दाग देख्न थाल्छ । स्वास्थ्य मन्त्रालयका अनुसार जनवरीदेखि अक्टोबरबीच दादुराका ५०१ घटना सार्वजनिक भए । नयाँ कानून अनुसार आमा–बुवाले खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ । 

९५ प्रतिशत जनसंख्यालाई खोप लगाउन आवश्यकः 

मन्त्रालयका अनुसार खोप नलगाइएका बालबालिकामाथि जरिवाना लगाइनेछ । साथै, स्कूलबाट निकालिनेछ । युनिसेफका अनुसार सन् २०१८ मा संसारभरी लगभग तीन लाख ५० हजार दादुराका घटना दर्ता भएका छन् । यो आँकडा सन् २०१७ को तुलनामा दोब्बर हो । विश्व स्वास्थ्य संगठनका अनुसार ९५ प्रतिशत जनसंख्यालाई दादुराको खोप लगाउन आवश्यक छ । 

इटलीमा पनि खोप अनिवार्यः 

इटलीमा पनि मार्चदेखि खोप अनिवार्य गरिएको छ । प्रशासनले यदि बच्चालाई खोप लगाइएको छैन भने स्कूल नपठाउन चेतावनी दिएको थियो । यदि खोप नलगाइएका बालबालिका स्कूलमा भेटिए उनीहरुका आमा–बुवालाई ५ सय युरो (करिब ६३ हजार रुपैयाँ) जरिवाना तिर्नुपर्नेछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *