आज कस्तो होला तपाईको भाग्य ? हेर्नुहोस् राशिफल र पञ्चाङ्ग

कात्तिक २८, काठमाडौँ । वि.सं. २०७६ कात्तिक २८। बिहीबार। इ.स. २०१९ नोभेम्बर १४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। द्वितीया, १९:५३ उप्रान्त तृतीया। नक्षत्र– रोहिणी, २३:३९ बजेउप्रान्त मृगशिरा। योग– परिघ, १०:५७ बजेउप्रान्त शिव। करण– तैतिल, ७:५३ बजेदेखि गर, १९:५३ बजेउप्रान्त वणिज। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ६:२४ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २६ घडी ५ पला। विश्व मधुमेह दिवस। 

तपाइको आजमेषनयाँ कार्यको योजना बन्नेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ । आँटेको र ताकेको कार्यहरू पुरा होलान् । रमाइलो यात्राको योगपनि रहेको छ । 

वृषअनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ । 

null

मिथुनसरकारी निकाएको भय रहला । राजनीतिक कार्यमा बाधा आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा सङ्का उत्पन्न हुनेछ । 

कर्कटलगनशीलताले कामहरु अगाडी बढ्नेछन । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । 

सिंहइच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । 

कन्याबन्धु–बान्धवबाट सहयोग मिल्नेछ । अधुरो काम पूरा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । रमणीय र सुखद् यात्राको योगपनि छ । 

तुलाआज मन खिन्न हुने स्थिति आउन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । महत्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । 

वृश्चिकशुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । आकस्मिक धन लाभ होला । सांगीतिक क्षेत्रमा रुचीपनि बढ्नेछ । 

धनुआफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । 

मकरचिताएको कामले तीव्रता लिनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । चोटपटकको भयपनि छ‚ सचेत रहनुहोला । 

कुम्भअधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउनेछ । मन कमजोर र धन खर्च हुनेछ । आर्थिक कारोवारमा बिवाद बढ्नेछ । 

मीनदैनिक कार्यमा प्रगति हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । नसोचेको ठाउँबाट धनागमन हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *