गोसाईंकुण्डकाे टिमुरेमा प्रभु बैंकको नयाँ शाखा

मंसिर १३, काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको गोसाईंकुण्डमा नयाँ शाखा विस्तार गरेको छ ।   

बैंकले आज (शुक्रबार) रसुवाको जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर २ स्थित टिमुरेमा नयाँ शाखा विस्तार गरेको हो ।   

कार्यालयको गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले उद्घाटन गरे । योसँगै बैंकको १ सय ९८ शाखा पुगेको छ ।   

बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको उनले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *