सांसद चौधरीको गाडी दुर्घटना, चालक सकुशल

कार्तिक १९, दाङ । प्रतिनिधि सभा सांसद शान्ता चौधरी चढ्ने सरकारी गाडी दुर्घटनामा परेको छ ।   

गएराति दाङको लमही–६ स्थित कुलमोड भन्ने स्थानमा बा२झ २८७१ नम्बरको गाडी दुर्घटनामा परेको हो । दुर्घटनाको समयमा गाडीमा चालक रतनलाल चौधरी मात्रै थिए । उनी सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।   

डिएसपी शाहका अनुसार सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अवस्थामा राति साढे १२ बजेतिर स्कारपियो गाडी दुर्घटनामा परेको हो ।   

Image result for सांसद शान्ता चौधरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *