१२ वर्षपछि फुलन्देको बाउको ‘घरजम’

कात्तिक ३०, काठमाडौँ । मौसम लिम्बु (फुलेन्देको बाउ) यतिबेला मौलिक नेपाली चलचित्र ‘घरजम’को प्रशर्दनीको तयारीमा व्यस्त छन् । लामो समय हङकङको बसाई पश्चात उनी नेपाल फर्केसँगै ‘घरजम’को प्रदर्शनीका लागि दौडधुपमा लागेका हुन् ।
पाँचथरको नागिमा जन्मेका लिम्बुले एक दशक लामो चलचित्र क्षेत्रमा जीवन बिताइसकेका छन् । लिम्बु २०५७ सालमा मासेमी चलचित्रको सहायक निर्देशकसँगै चलचित्र क्षेत्रमा यात्रा आरम्भ गरेका लिम्बुले दर्जनौँ चलचित्रहरुको निर्देशन गरिसकेका छन् ।
निङ्वासो म्युजिक भिडियो संग्रह उनले पहिलो पटक निर्देशन गरेको पहिलो लिम्बु भाषाको म्युजिक भिडियो हो । १२ वर्षपछि ‘घरजमसँगै पुन चलचित्र निर्देशन क्षेत्रमा कमव्याक भएको उनी बताउँछन् ।

चेसुङले हङकङ पुर्यायो
गाउँबाट राजधानी छिरेपछि निकै संघर्ष गर्नु परेको उनको अनुभव छ । उनी भन्छन्, ‘गाँउमा अँलैची बेचेर फिल्म बनाउन काठमाडौँ पसेको सोँचे जस्तो सजिलो हुँदोरहेनछ ।’ उनले निर्देशन गरेको लिम्बू ईतिहासमा आधारित नेपाली कथानक चिलचित्र ‘चेसुङ’ले उत्कृष्ट चलचित्रको रुपमा राष्ट्रिय अवार्डसमेत प्राप्त गरेको थियो ।
ईण्डिजिनियस फिल्म आर्काईभको निफ अवार्डद्धारा उत्कृष्ट चलचित्र पब्लिक च्वाईस अवार्ड विजेता भएसगैँ उनको जीवनशैलीमा नै परिवर्तन आयो । ‘अवार्ड प्राप्त गरेसँगै समाजमा नाम कमाए पनि आर्थिक पाटो कम्जोर हुँदा जीवन धान्न गाह्रो हुने रहेछ’ उनले अनुभव सुनाए ।
चेसुङको छोटो अवधिको सफताले उनलाई हङकङ पुर्यायो । रहरभन्दा पनि बाध्यताले नेपाल छोडेर हङकङ पुगेको बताउने लिम्बु चेसुङले अपार सफलता पाए पनि उनी सबैकुरा छाडेर हङकङ जाने निधो गरेका थिए । परदेशी भएको लामोसमयपछि नेपाल फर्किँदा उनी चलचित्र ‘घरजम’ लिएर फर्किएका हुन् ।
हङकङ पुगेर बने फुलेन्देको बाउ
जन्मभूमी नेपाल छाडे पनि आफ्नो संस्कार, सस्कृति र भाषा जीवन्त राख्नु पर्दछ भन्ने धाराणा उनको थियो । नेपाल रहँदा केहीनकेही सृजना गर्दै आईरहेको उनी हङकङ पुगेर मौसमबाट ठेट लिम्बु टोनमा फुलेन्देको बाउ बने । फेसबुकको म्यासेन्जर, ह्वाटस् एप साथै भाइवर जस्ता सामाजिक सञ्जालमा उनी फुलेन्देको बाउकै रुपमा परिचित हुन थाले ।
मौलिक नेपाली चलचित्र ‘घरजम’
पाँचथरको पृष्ठभूमीमा सोही ठाँउको रितिरिवाज, परम्परा, संस्कार र संस्कृतीलाई समेटेर निर्माण गरिएको चलचित्र ‘घरजम’ पूर्वको विभिन्न शहरहरुमा विशेष प्रर्दशनीपछि आगामी मंसिर ११ गते बिराटनगरमा प्रर्दशनी गर्ने तयारीमा छन् लिम्बु ।
‘नेपालको पूर्वेली जनजीवनलाई चलचित्र ‘घरजम’ को माध्यमबाट दखाउन खोजिएको छ ।’ उनले भने, ‘यो चलचित्र पाँचथरको याङवरक र उपत्यकाको ललितपुरमा छायांकन गरिएको छ ।’
चलचित्रमा बिकाउ अनुहार नभई विशुद्ध चरित्र अभिनयमा पोख्त कलाकारहरु रहेको उनी बताउँछन् । यस चलचित्र ‘घरजम’मा कुशल थलङ, बुद्धि तामाङ, सुस्मा लिम्बु, श्रृजना सुब्बा, यासेली योङहाङ, जीवन भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।








