एभीसी सेन्ट्रल जोन महिला भलिबलः उपाधिका लागि आज नेपाल माल्दिभ्ससँग भिड्दैे

कात्तिक २८, काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा भइरहेको एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपाल उपाधिका लागि भिड्ने तयारीमा रहेको छ ।   

बुधबार भएको खेलमा नेपालले माल्दिभ्सलाई समूह चरणमा ३–० को सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेसँगै नेपाल जितको नजिक पुगेको छ । नेपालले आज बिहीबार माल्दिभ्ससँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छ ।   

नेपाल र माल्दिभ्सबीचको फाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुने छ। आजको खेलमा नेपाल विजयी भएमा स्वर्ण पदक हात पार्ने छ भने नेपाली महिला भलिबल टिमका लागि यो उपलब्धि ऐतिहासिक हुने छ ।  

यसअघि नेपाली महिला भलिबल टिमले २०१४ मा काठमाडौँमा भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा दोस्रो स्थान हात पारेको थियो भने यदि आजको खेलमा जित हात पारेमा पहिलो हुँदै स्वर्णपदक प्राप्त गर्ने छ ।   

२०१४ मा नेपाल दोस्रो हुँदा भारत पहिलो र श्रीलंका तेस्रो भएका थिए । नेपालसहित यो प्रतियोगितामा बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गरेका छन् । 

समूह चरणमा माल्दिभ्समाथि सहज जित हात पारेकाले नेपाली टिम उपाधिको सबैभन्दा ठूलो दाबेदार टिम हो । नेपाली टिम मंसिरमा नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका क्रममा पनि रहेको छ ।   

बुधबारको समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो र तेस्रो सेट २५–५ र २५–१३ ले जितेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + one =