इमर्जिङ टिम्स कपका लागि पारस र सन्दीप विनाको टोली घोषणा

कात्तिक २१, काठमाडौँ । बंगलादेशमा हुने इमर्जिङ टिम्स कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार राति घोषणा गरेको टोलीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने सामेल छैनन् । उनीहरुलाई दुवईमा हुने टी–१० लिग खेल्नका लागि यो टोलीमा नराखिएको क्यानले जनाएको छ ।   

क्यानका अनुसार टोलीमा कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी, 

पवन शरार्फ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनाश बोहोरा र कुशल भुर्तेल रहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *