साग: उद्घाटन खेलमा नेपालले बंगलादेशलाई हराएसँगै बिजयी सुरुवात

मंसिर ११, काठमाडौँ । बुधबार १३ औँ दक्षिण एसियाली खेलकुद(साग) को महिला भलिबलको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई हराउँदै विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप_ को कभर्डहलमा भएको यस खेलमा भएको समूह ‘ए’मा परेको नेपालले गलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेकाे हो ।
खेलमा नेपालकी प्रतिभा मालिले उत्कृष्ट खेल खेलेकी थिईन् भने नेपाल २५-९, २५-९, २५-११ ले बिजयी भएको हो ।

उषा भण्डारी र हिरा केसीले पहिलो पटक राष्ट्रिय टिममा डेब्यु गरेको यस खेलमा बंगलादेशलाई हराएसँगै नेपालले भलिबलमा स्वर्ण हात पार्ने लक्ष्य लिएको छ ।
औपचारिक उद्घाटन भन्दा चार दिन अघी नै खेलाईएको यस खेलमा पुरुष भलिबलको पहिलो खेल पनि बुधबार साँझ नै हुँदैछ । आज साँझमा हुने खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
खेलको औपचारिक उद्घाटन भने यही मङ्सिर १५ गते देखी सुरू हुनेछ ।
सन् १९९९ मा नेपालले घरेलु मैदानमा दोस्रो पटक आयोजना गरेको आठौँ सागदेखि महिला भलिबलले सहभागिता जनाउन थालेको हो । त्यतिबेला काठमाडौँमा भएको खेलमा नेपालले कास्य पदक हात पारेको थियो ।








