बालबालिका बेचबिखनविरुद्ध सकड नाटक

मंसिर ११, हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा बालबालिका ओसारपसार तथा बेचबिखन रोकथामका लागि सडक नाटक गरिएको छ । ‘लनल नेपाल’को आर्थिक सहायोग तथा ‘किर्डाक नेपाल’को आयोजनामा सडक नाटक सञ्चालन गरिएको हो ।   

मानव बेचबिखनजस्तो जघन्य अपराधबारे चेतना फैलाउन  जिल्लाका सातवटै गाउँपालिकामा उक्त अभियान सञ्चालन गरिएको किर्डाक नेपालका फिल्ड सुपरभाइजर जनक बुढाले जानकारी दिए ।   

बालबालिकामाथिको अत्याचार, बालश्रम, वैदेशिक श्रम शोषण, चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीयवासीलाई सडक नाटकमार्फत सचेत पारिएको उनको भनाइ छ । बाल श्रमिकको सङ्ख्या बढ्दै गएकाले न्यूनीकरणका लागि विद्यालय उमेरका बालबालिकाको शिक्षामा पहुँच पुर्याउन जिल्लाभरि सडक नाटक सञ्चालन गरिने भएको छ । 

null

अदानचुली र ताँजाकोट गाउँपालिकामा बालबालिका ओसारपसार, बालविवाह न्यूनीकरण, लैङ्गिक हिंसासम्बन्धी सडक नाटक प्रदर्शन गरिने उक्त कार्यमा संलग्न भुवन भण्डारीले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + thirteen =