साताको पहिलो दिन आज सुनको भाउ ह्वातै बढ्यो

कार्तिक २४, काठमाडौँ । आज साताको पहिलो दिन सुनको भाउमा ११ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार प्रतितोला  ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज प्रतितोला ७१ हजारमा कारोबार भईरहेको  महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सनमा पनि तोलामा ११ सय बृद्धी भई प्रतितोला ७० हजार ७ सयमा बिक्री बितरण भईरहेको महासघले जनाएको छ । 

आईतबार चाँदीको भाउमा पनि बृद्धी भएको छ । शुक्रबार प्रतितोला ८ सय ३५ मा कारोबार भईरहको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बृद्धी भएर प्रतितोला ८ सय ४० मा कारोबार भईरहेको छ ।   

Related image

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *