एसिया रग्बीमा नेपालका टकंलाल निर्वाचित

मंसिर १, काठमाडौं । नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ एसिया रग्बीको सदस्यमा निर्वाचित भएका छन् । 

इन्डोनेसियाको बालीमा आइतबार सम्पन्न निर्वाचनबाट घिसिङ एसिया रग्बीको कार्यकारी सदस्यमा चयन भएको नेपाल रग्बी संघका सचिव गोविन्दबहादुर घिमिरेले जानकारी दिए । ११ जनाको कार्यसमितिमा अध्यक्ष र दुई सदस्य गरी पाँच जनाको पद रिक्त थियो । कार्यसमितिको दुई सदस्यमा नेपाल र इन्डोनेसियाले बाजी मारेको हो । 

दुई सदस्य पदका लागि चार राष्ट्रका चार जनाले दाबेदार प्रस्तुत गरेका थिए । यद्यपि, नेपालका घिसिङसहित गुन्डो गाम्बिरो मात्र निर्वाचित भए । एसिया रग्बीको अध्यक्षमा युएईका कैस अल धलाईले जापानका प्रतिद्वन्द्वी युची युनोलाई पछि पारे । पाकिस्तानका फावजी खावाजा पुनः उपाध्यक्षमा निर्वाचित भए । सोही पदमा मलेसियाका भालेयुथान तानले पहिलो पटक जिम्मेवारी पाए । 

Image may contain: 1 person, smiling

कोषाध्यक्षमा हङकङका माईक हाइनेस र विश्व रग्बी काउन्सिलका सदस्यमा सिंगापुरका टेरेन्स खो निर्वाचित भएका छन् । इन्डोनेसियाका बालीमा सम्पन्न निर्वाचनमा कुल २८ राष्ट्रले मतदान गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *