आजको पञ्चाङ्ग र राशिफलः यी राशीका व्यक्तीहरुको भाग्य बलियो

कत्तिक २९, काठमाडौँ । वि.सं. २०७६ कात्तिक २९। शुक्रबार। इ.स. २०१९ नोभेम्बर १५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलागा।  

मार्ग कृष्णपक्ष। तृतीया, १९:३१ उप्रान्त चतुर्थी। नक्षत्र– मृगशिरा, २३:५० बजेउप्रान्त आर्द्रा। योग– शिव, ९:३८ बजेउप्रान्त सिद्ध। करण– वणिज, ७:४६ बजेदेखि भद्रा, १९:३१ बजेउप्रान्त वव। आनन्दादिमा मानस योग।  

चन्द्रराशि– वृष, ११:४८ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ६:२५ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २६ घडी २ पला। 

null

तपाइको आजमेषपरिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । 

वृषरोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । 

मिथुनविचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । 

कर्कटरमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्य सबल नै रहनेछ । 

सिंहसहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । 

कन्याअधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । 

तुलादबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तानपक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । 

वृश्चिकलाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । 

धनुतर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । व्यापार व्यवसायमापनि फाईदा होला । 

मकरपरिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । 

कुम्भचोटलाग्न सक्छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त संग मनमुटाव बढ्ला । सामान हराउनपनि सक्नेछ । 

मीनअनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *