झापाका भिआइपी माग्ने जो सडकमा मरेका जनावर उठाउँछन्

मसिंर १४, विराटनगर । पूर्वपश्चिम राजमार्ग सडक खण्डमा होस् या कोशी राजमार्ग । सवारी दुर्घटनामा मरेका जनावरहरु सडकबाट उठाएर सडक सफाई अभियानमा धेरै जस्तो व्यस्त देखिन्छन् झापा दमकका गणेश गौतम ।   

‘सडक दुर्घटना हुनुको एउटा कारण मरेका जनावर पनि हो ।’ उनी भन्छन् । साथै वातावरण प्रदुषणमा पनि नराम्रो असर पार्ने भएकाले आफै खटेर समय मिलेसम्म सडक सरसफाई अभियान आफैबाट सुरु गर्ने गरेको उनी बताउँछन् ।   

२०७१ सालबाट अनौपचारीक सुरुवाती पाईला चालेको जीवन चक्र समाजका संस्थापक अध्यक्ष हुन् गणेश गौतम । गौतमको परिकल्पनाबाट सुरु भएको संस्थाले सडक दुर्घटना न्युनिकरण, रक्तदान र जनचेतना भन्ने अभियान चलाएको छ ।   

Image may contain: plant, outdoor and nature

सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढे सँगै २०७२ को विनासकारी भुकम्मबाट मृत्यु भएको मानिसहरुबाट पनि जीवन चक्र समाजका सम्पूर्ण टिम प्रभावित भएका थिए । र, त्यसपछि सडक दुर्घटनाका साथै भुकम्पबाट बच्नका लागि जनचेतना फैलाउने उद्देश्यसहित २०७५ सालमा जिल्ला प्रशासन कार्यालय झापामा संस्था दर्ता गरेरै काम शुरु गरेका हुन् ।   

संस्थाले ट्राफिक प्रहरीसँगको समन्वयसँगै दुर्घटना सम्बन्धि जनचेतना मूलक कार्यक्रम गर्दै आइरहेको छ । जीवन चक्र समाजले स्कुल कलेजहरुमा पनि सडक दुर्घटनाका विषयमा चेतना मूलक कार्यक्रम राख्ने गरेको गौतमको भनाई छ ।   

व्यक्तिगत रुपबाट सामाजिक कार्य गर्न जति सहज छ । संस्थागत रुपमा संस्थालाई चलायमान राख्न त्यति नै  गाह्रो रहेको गौतमको अनुभव छ । ‘आर्थिक सहयोगका लागि कुनै संघ संस्थाहरु सँग सहयोग मागेका छैनौ ।’ उनी भन्छन् ।   

सडक दुर्घटना न्युनिकरण मात्र जीवन चक्र समाजको उद्देश्य नभएकोले सडक सरसफाई पनि अर्को उद्देश्य हो । त्यसैले सडकमा फालिएका रेडबुलका बटटाहरु संकलन गरी कवाडीलाई बेच्दै आर्थिक संकलन गर्ने गर्दछ यो संस्था । कवाडी संकलन गरेरै संस्थाले हाल सम्म १२ हजार रकम संकलन गरिसकेको छ । 

आर्थिक चुनौतीलाई आत्मा साथ गर्दै संस्था चलाउँदा पनि कतिपय स्थानमा मानिसहरुको हेर्ने दृष्टीकोण फरक रहेको गौतमले बताए । ‘सडकमा रेडबुलका बट्टाहरु संकलन गरीरहँदा कतिपय मानिसहरुले हामीहरुलाई ‘भिआईपी भिखारी’ पनि भन्ने गरेका छन् ।’ गौतमले भने । 

मुलुक संघियतामा गएसँगै देश र जनताले रोजेका प्रतिनिधि पाईसकेका छन् । तरपनि, यस्ता सामाजिक संघ संस्था तर्फ स्थानीय सरकारको ध्यान जान सकेको छैन । ‘हामी आफु बाँच्ने र अरुलाई बचाउने मूल नारा लिएर सामाजिक कार्यमा अघि बढीरका छौं ।’ मकालु खबरसँग गौतमले भने–‘हामी जस्ता सामाजिक संस्थालाई साना तिना व्यक्तिगत सहयोग मात्र प्राप्त हुन्छ । सरकारी संस्थाले केहि गर्दैनन् ।’ गौतमको गुनासो छ ।   

स्थानीय निकायले गौतमको अभियानलाई प्रशंसा र सहानुभुति दिएपनि सहयोग गर्ने आश्वासन वाहेक केही गरेका छैनन् । आर्थिक, सामाजिक चुनौती भए पनि अबको १ वर्षमा जीवन चक्र समाजको फन्टमा १ लाख संकलन गर्ने योजना गौतमले बनाएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *