ब्राउनसुगरसहित ३ जना पक्राउ

कार्तिक १७, बर्दिया । लागुऔषध ब्राउनसुगरसहित तीनजनालाई शनिबार बेलुका बर्दिया प्रहरीले पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । 

तीनै जनालाई लागुऔषध शीर्षकमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । रासस 

Image result for पक्राउ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *