आजबाट बन्द भयो कुमारी हल

कार्तिक १८, काठमाडौं । काठमाडौंस्थित कुमारी चलचित्र भवन आजबाट एक महिनाका लागि बन्द भएको छ ।   

क्यूएफएक्स चेन अन्र्तगतको उक्त चलचित्र भवन मर्मत सम्भारका लागि बन्द गरिएको क्यूएफएक्स सञ्चालक नक्किम उदिनले जानकारी दिए । 

उनका अनुसार हलभित्रका कुर्सी, कार्पेट र शौचालय मर्मत गर्न लागिएको हो । कार्यरत कर्मचारीहरुलाई क्यूएफएक्सले आफ्ना अन्य शाखाहरुमा सारेको छ ।   

विशेष समारोहबीच बिहिबार मल्टिप्लेक्सको ओपनिङ गरेर क्यूएफएक्सले भक्तपुरमा निर्माण गरिएको नयाँ हल आगामी शुक्रबारदेखि संचालनमा ल्याउँदैछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *