सनराइज बैंकको १२४ औं शाखा सुनसरीको इनरूवामा

मंसिर १, सुनसरी । सनराइज बैंकको नयाँ शाखा सुनसरीको इनरुवामा सञ्चालनमा आएको छ । सुनसरीको सदरमुकाम इनरुवामा १२४औं शाखा सञ्चालनमा ल्याएको छ ।
आइतबार आयोजित उद्घाटन कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए ।
उक्त अवसरमा इनरुवा वडा १ का वडा अध्यक्ष राम चन्द्र पोद्घार र इनरूवा उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र शाहले संयुक्त रmपमा ए.टि.एम.को समेत उद्घाटन गरेका थिए ।
null
कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका सिइओ जनक शर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अघि बढाउदैं लाने बताए ।
हालसम्म सनराइज बैंकले १२४ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।








