उपनिर्वाचन बहिष्कारको पक्षमा रहेका ९ नेता–कार्यकर्ता समातिए

मंसिर ९, धरान । आगामी मंसीर १४ गते हुन लागेको उपनिर्वाचन बिथोल्न प्रयासरत पार्टीका नेता–कार्यकर्ताहरु पक्राउ परेका छन् ।   

सुनसरीको धरान उपमहानगरपालिकाको उपनिर्वाचन बहिष्कारको आन्दोलनमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता–कार्यकर्तालाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको हो ।   

सोमबार अपराह्न ४ बजेको समयमा धरानको छाता चोकस्थित पुराने हस्पिटल अगाडी फैचामा भेला भई उपनिर्वाचन बहिष्कारको योजना बनाउँदै सर्वसाधारणलाई आतंकित पार्न सक्रिय रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।   

पक्राउ पर्नेहरुमा उदयपुरका टिकाराम राई, धरानका पारस लिम्बु, मोहन लिम्बु, पदम तामाङ, गौरव राई, झापाका जय आचार्य, धरानका पारस लिम्बु, रामबहादुर पौडेल, सुनसरी ईटहरीका सन्तोष ठाकुर रहेका छन् ।   

पक्राउ परेका सबैलाई आज सोमबार अभद्र व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *