छठको रौनकः विराटनगरको गुद्री बजारमा चहलपहल बढ्यो, व्यापारमा वृद्धि

कात्तिक १५, विराटनगर । नेपालीहरुको दोश्रो ठूलो पर्व तिहार सकिएसँगै आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पवको तयारी सुरु भइसकेको छ । विराटनगरको गुद्री बजारमा यतिबेला छठपर्वको चहलपहल बढ्न थालेको छ ।   

कार्तिक चतुर्थीबाट सुरु हुने छठ पुजाका लागी आवश्यक पुजन तथा प्रसाद सामाग्री, वस्त्र, फलफूललगायतका सामाग्रीहरुको किनमेल सुरु भएसँगै व्यापारमा वृद्धि हुन थालेको व्यापारीहरु बताउँछन् ।   

छठपर्वलाई लक्षित गरी बेलबारी र दमकबाट नरिवल आयात गरेर विक्रि गर्ने गरेको विराटनगरका एक नरिवल व्यापारी राजेन्द्र शाह भन्छन् ‘छठ पर्वका दिन विशेषगरी नरिवल प्रसादकारुपमा चढाउनु पर्ने मान्यता भएकाले यसको व्यापार राम्रो भएको छ । तर गत वर्ष भन्दा यो वर्ष व्यापार अझ वृद्धि भएको छ ।’ 

त्यस्तै अर्की स्थानीय व्यापारी संगीता शाह धागो तथा माला बिक्रि वितरण गर्नमा व्यस्तछिन् । भारतको कलकत्ताबाट माला, धागोआयात हुने गरेको उनी बताउछिन् । उनी भन्छिन् ‘यो सिजनको व्यापार भए पनि गएका वर्षभन्दा यो वर्ष झन व्यापार राम्रो भएको छ ।’ संगिता विगत ८ वर्षदेखि माला र धागोको व्यापार गर्दै आएकि छिन् ।   

त्यस्तै विराटनगरको मुख्य बजार गुद्रिलगायत विभिन्न बजार क्षेत्रहरुमा छठपर्वमा प्रयोग हुने फलफुल, माटाले बनेको कलश, दियो, ढकना र बाँसले बनेका कप्टेरा, चोयाले बनेक छिटि, नाँगलो लगायतका सामाग्रीहरुको पनि व्यापारमा वृद्धि भएको छ । छठ पर्वको रौनकसँगै विराटनगरका अधिकांश पसलहरुमा ग्राहकहरुको भीड बढ्न थालेको छ ।   

कातिक शुक्ल चौथीका दिन बेलुका अस्ताउँदो सूर्यलाई जलअर्पण गर्दै सम्तमीका दिन उदाउँदो सूर्यलाई जल अर्पण गरेर सम्पन्न हुने छठ सूर्य उपासनाको पर्व हो । विशेषगरी छठ पर्व तराई क्षेत्रको मौलिक पर्व भए पनि पछिल्लो समयमा काठमाडौँ उपत्यकासहित पहाडी जिल्लाहरुमा पनि यो पर्व मनाउने गरेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *