बिपन्नलाई निशुल्क स्वास्थ्य बीमा

मंसिर ९, चितवन ।  विपन्न वर्गको उत्थानलाई प्राथमिकता दिएको चितवनको राप्ती नगरपालिका वडा नम्वर ४ को वडा कार्यालयले निशुल्क बीमाको सुरुवात गरेको छ ।  

आर्थिक अवस्थाका कारण समस्यामा परेका विपन्न समुदायका एक सय धरधुरीका लागि स्वास्थ्य बीमा गरेको राप्ती ४ का वडाध्यक्ष शमशेर लामाले बताए । स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा वडा कार्यालयले ३ लाख ५० हजार रुपैया विनियोजन गरेको थियो ।  

सोही बजेटबाट वडा भित्र रहेका बिपन्न वर्गका समुदायलाई स्वास्थ्य बीमा गरिएको वडाध्यक्ष लामाले बताए । स्वास्थ्य बीमा गरिएका मध्ये प्राय धेरै दलित समुदायका छन् । उपचारकै अभावमा कसैले ‘अकालमा ज्यान गुमाउनु हुँदैन  वडाले गरेको स्वास्थ्य बीमाले लक्षित वर्गलाई फाईदा हुने विश्वास छ’ वडाध्यक्ष लामाले भने।  

वडाले गरेको स्वास्थ्य बीमा कार्यक्रम नगरकै पहिलो हो । यस बाहेक वडा कार्यालयले लक्षित वर्गका लागि विभिन्न कार्यक्रम चालु आर्थिक वर्षमा पनि समावेश गरेको छ । यसै वर्ष राप्ती ४ ले महिलाहरुका  लागि शीप मुलक सिलाई कटाई तालिम, सुत्केरी पोषण खर्च दिने कार्यक्रम गर्दैछ ।  

यस्तै विद्यार्थी खाजा कार्यक्रमलाई पनि निरन्तरता दिईएको छ । सिलाई कटाई तालिम दिएर ट्रेलरनै खोलिदिनका लागि यस वर्ष ३ लाख रुपैयाँ, विद्यार्थी खाजा कार्यक्रमका लागि ४ लाख रुपैया र सुत्केरी पोषण खर्चका लागि ३ लाख रुपैया विनियोजन गरेको वडाध्यक्ष शमशेर लामाले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =