धरानको एक विद्यालयमा बम विस्फोट गर्ने तीन पक्राउ

कार्तिक २७, धरान । मंगलबार प्रहरीले धरानको एक विद्यालयमा बम विस्फोट गरेको आरोपमा तीन जनालाई पक्रउ गरेको छ ।   

गत भाद्र २० गते धरान उपमहानगरपालिका-१८ स्थिति पब्लिक स्कूलको गेटमा बम बिस्फोट गरेको आरोपमा ती तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।   

उक्त घटनामा संलग्न भएकाे आरोपमा  दुहबी नगरपालिका-८ का ३१ वर्षीय मोहन बस्नेत, धरान उपमहानगरपालिका-११ बस्ने ३९ वर्षीय क्षितिज भनिने सुरेशकुमार राई र सोही ठाउँ बस्ने भोजपुर ट्याम्के मैयुम गाउँपालिका-२ का ३५ वर्षीय सागर राईलाई पक्राउ गरिएको प्रहरीले  पक्राउ गरेको हो । 

Image result for पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुमाथी  अनुसन्धान भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =