काँग्रेस निर्वाचित वडाध्यक्ष नेकपा प्रवेश
२०७६ मंसिर ११ गते

मंसिर ११, बैतडी । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन्।
पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिए । उनीहरुलाई नेकपाका नेता भानुभक्त जोशीलगायतले स्वागत गरेका थिए। रासस
२०७६ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित








