धरानबाट १० जुवाडे नगद सहित पक्राउ

कात्तिक २०, धरान । धरानमा १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई ८४ हजार नगद सहित तास र डाईस खेलीरहेको अवसथामा प्रहरीले पक्राउ गरेको हो ।   

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गएराती ११ बजे तास र लंगुरबुजा खेलिरहेका १० जनालाई नगद ८४ हजार सहित धरान उपमहानगरपालिका १४ मंण्डप चौक स्थित पशुपति चौधरीको घरबाट पकउ गरेको हो ।   

इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेहरुमा सोहि ठाउँका बर्ष २६ को सोबित भुजेल, बर्ष ३५ को बिकास राई, बर्ष २९ को मनोज राई, बर्ष २५ को शुसिल बिश्वकर्मा, बर्ष २७ को सम्भु चौधरी रहेका छन् । यसैगरी सोहि ठाउँकै बर्ष ३० को अर्जुन तामाङ, बर्ष २७ को रबिन बर्देवा, बर्ष २५ को संदिप मगर, बस्ने बर्ष २६ को बिकाश राई र घरधनि बर्ष २७ को पशुपति चौधरी रहेका छन् । 

प्रहरीले उनिहरुको साथबाट लंगुरबुजा १ सेट, तास १९ बुक र नगद ८४,१०० फेला पारेको इप्रकाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *