धरानको विकास नेकपाले मात्र गर्न सक्ने राईको दावि

कात्तिक २३, धरान । मंसिर १४ गते हुने निर्वाचनलाई लक्षित गरी नेकपा धरानले चुनाबी प्रचारप्रसारलाई तिब्रता दिएको छ । गतसाता मेयरको उम्मेद्वार टुंगो लागेसँगै नेकपाले आफ्नो चुनाबी अभियानलाई तिब्रता दिएको हो । यसै सिलसिलामा आज धरानको ८ नं. वडामा घरदैलो तथा कोणसभा गरेको छ ।   

अभियानमा मेयर पदका प्रमुख दावेदार प्रकाश राई, संघिय सांसद जय कुमार राई, नेकपाका  केन्द्रिय, प्रदेश जिल्ला नगर सदस्य, वडाका वडाध्यक्ष तथा सदस्यहरु सहित कार्यकर्ताहरुको सहभागिता थियो । 

घरदैलो कार्यक्रममा उम्मेद्वार प्रकाश राईले धरानको विकासमा आफ्नो ठोस योजना रहेको भन्दै जनताका समस्या समाधान गर्न र धरानलाई आधुनिक विकसित शहरको रुपमा परिभाषित गर्न आफु लागि पर्ने बताए । नेकपाको जितले मात्र नगरको समुन्नत विकास हुने दावी राईको छ । यस्तै रार्ईले नगरको पर्यटन, औद्योगिक क्षेत्र लगाएतको विकास र व्यवस्थापनमा आफ्नो जोड रहने बताए । 

संघिय सांसद जय कुमार राईले नेकपालाई जिताउन आग्रह गर्दै धरानलाई नमूना नगर बनाउने प्रतिबद्धता जनाए । उनले उपमहानगर नगरपालिकाको विकासका लागि लागिपर्ने प्रतिबद्धता जनाए ।   

यसअघि नेकपाले वडा नं ४, ५, ६ र २० मा कोणसभा तथा घरदैलो कार्यक्रम गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *