हरिबोधिनी एकादशीमा श्रृंगारिएको पशुपति (फाेटाेफिचर)

कार्तिक २२, काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात् अरिबोधिनी एकादशीका दिन आज (शुक्रबार) तुलसीको पूजा आरधना गरी मनाइएको छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ ।
आषाढ शुक्ल एकादशीका दिनदेखि शुरु भएको चर्तुमास व्रत आजबाट समाप्त हुन्छ । चतुर्मास व्रत बस्नेले आज फूलको लठ्ठासहितको डोली बोकेर नदी किनारमा पुगी फूल तार्ने गर्दछन् । आजको दिन नदी तथा जलाशयमा पुगी गरिने स्नान, दान र तपस्यालाई महत्वका साथ लिने गरिन्छ । रामघाट, लागादी लगायतका स्थानमा आज एकादशी मेला लाग्ने गर्दछ ।
आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । उपत्यकाका चार नारायण, बूढानीलकण्ठका साथै देशभरका नारायण मन्दिरमा आज भक्तजनको विशेष भीड लाग्ने गर्छ ।
पशुपतिनाथ मन्दिरमा पनि तुलसीको पूजा गरिएको छ । पशुपति पुगेका भक्तजनहरुले बाग्मती नदी किनार वारीबाट पारीसम्म तथा नदिमा फुल तारेका छन् ।








