चितवनमा पेस्तोल सहित दुई पक्राउ

 कार्तिक २८, चितवन । चितवनमा बिहिबार बिहान अत्याधुनिक पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

राप्ती नगरपालिका–६ हर्दीस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ८५ प ८०८४ नम्बरको मोटरसाइकलमा सवार दुईजनाबाट प्रहरीले मेडइन युएसए लेखिएको अटोमेटिक पेस्तोल एक थान र लोड गरिएको अवस्थामा ५ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।  

पेस्तोलसहित पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरी बस्नेत ३७ वर्षीय मधुकर केसी र सल्यानको रिम गाउँपालिका–५ बस्ने ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् । 

मोटरसाइकल रोकेर शंकास्पद अवस्थामा हिँडि रहेका उनीहरुलाई गस्तीमा रहेको इलाका प्रहरी कार्यालय भण्डारा प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =