विराटनगर महानगरका मेयर पराजुली पनि छठ पर्वमा ब्रत बसे

कात्तिक १७, विराटनगर ।  विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले निराहार व्रत बसेर पूजा छठ माताको पूजा गरेका छन् । कष्टकर व्रत बसेका पराजुलीले शनिबार १६ औँ पटक दुरी नापेर सष्टा दण्डवत गर्दै सिंघिया घाटमा पुगरे अस्ताउँदो सुर्यलाई अर्घ दिएका दिए । 

शनिबार दिउँसो साढे १०बजे विराटनगरस्थित पोखरीयामा रहेको शिव पांचायन मन्दिरबाट भतिज प्रमिससहित श्रीमती रञ्जनासँगै दण्ड प्रणाम गर्दै निस्कीएका पराजुली साँझ ४ बजे सिंघिया घाट पुगेर अस्ताउदो सूर्यलाई अर्घ दिएका हुन्  ।   

सानैदेखि छठ माताप्रति श्रद्धाभावका साथ व्रत बस्दै आएको बताउने पराजुली यो १६ पटकको दण्डवत प्रणाम गरेको बताउछन् । सधैँ परिवारको स्वस्थ्य, सुख, शान्तिको कामना माग्ने गर्दथिए । तर यो पटक परिवार प्रति समर्पितभन्दा पनि सम्पूर्ण देशवासी, नगरबासीहरुको सुख, शान्ति साथै समृद्धी र उन्नती प्रगतिको कामनाका लागि कष्टकर व्रत लिएको मेयर पराजुलीले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *