महराको गल्ती क्रिमिनल होइन, नैतिक होः प्रचण्ड

कार्तिक २०, काठमाडौँ । सत्ताररूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वतमान सभामुख कृष्णबहादुर महराले गरेको गल्ती गम्भीर भएको बताएका छन् । 

बुधबार उनले प्रेस सेन्टर दाङले आयोजना गरेको दाङ स्थित महराको निर्वाचन क्षेत्र घोराहीमा पत्रकार सम्मेलनमा यस्ताे बताउँदै महराले पार्टी नेताहरूलाई ढाँटेर गम्भीर गल्ती गरेको बताए । 

उनले भने  ‘मैले नारायणकाजी श्रेष्ठ, जोखबहादुर महरालाई बुझ्न पठाउँदा उहाँले ढाट्नु भयो ।   आफूसँगको भेटमा पनि महराले सत्य कुरा नबताएको प्रचण्डले बताए । उनले भने  ‘सत्य कुरा बताउनु भएन । 

Image result for prachanda

उनले थपे उच्च ओहोदामा पुगेको व्यक्तिबाट यस्तो खालको जवाफ आउनु उहाँको पहिलो गल्ती नै त्यहीँ हो’, , ‘महराको गल्ती क्रिमिनल होइन, नैतिक हो ।’ उनले भने 

उनले महराबाट नैतिक कमजोरी भएको बताउँदै यस गल्तीको  छिनोफानो अदालतले गर्ने बताएका छन् । उनले भने ‘यो विषय अदालतमा गएकाले राजनीतिक रुपमा धारणा राख्नु उचित होइन’, उनले भने, ‘उच्च आहोदामा पुगेको व्यक्तिबाट त्यस्तो गल्ती हुनुहुँदैनथ्यो ।’ 

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले महराले गरेको गल्तीमा राजनीतिक संरक्षण नहुने समेत बताएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *