सिटिजन्स बैंकका ग्राहकलाई उपचारमा छुट

मंसिर २, काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि., बसुन्धराबीच समझदारीपत्रमा हस्ताक्षार भएको छ ।   

यस बैंकले आफ्ना ग्राहकले नेशनल हस्पिटलमा उपचार गराउँदा सेवाशुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।   

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि. मा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् ।   

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वितहुने यस बैंकले विश्वास लिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 7 =