दुई वर्षदेखि सडकमा रहेका पुरुषको उद्दार

कात्तिक २४, विराटनगर । २ वर्षदेखि सडकमा जीवन व्यतित गर्दै आईरहेका एक पुरुषको उद्दार भएको छ । विराटनगर महानगरपालिका १० मा रहेको संसारीमाई स्थित होटल नमस्कारको अगाडी पार्किङ स्थलमा विगत २ वर्ष देखि वेसहारा अवस्थामा बस्दै आईरहेको नाम खुल्न नसकेको पुरुषको आईतबार उद्दार भएको हो । 

विराटनगर महानगरपालिका साथै वडा प्रहरी कार्यालय मोरङले संयुक्त रुपमा उद्धार गर्दै उक्त पुरुषलाई मानव सेवा समिति विराटनगरको संरक्षणमा जिम्मा लगाईएको छ । 

चिसो मौसम सुरु भएसँगै कतिपय सडक मानवहरु मृत्युको सिकार बनेका छन् । त्यस्तो अवस्था आउन नदिन विराटनगरलाई सडक मानव मुक्त महानगर घोषणा गर्ने अभियान रहेको मानव सेवा समितिका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताए । आगामी मंसिर मसान्त सम्ममा विराटनगरलाई सहयोगापेक्ष बेसहारा सडक मानव मुक्त महानगर बनाउने अठोट रहेको अधिकारीको भनाई छ । 

विराटनगरलाई सडक मानव मुक्त क्षेत्र घोषणा गर्न मानव सेवा समितिले गरेको काम प्रति विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले प्रशंसा गरेका छन् । मानव सेवा समितिको कार्यमा प्रदेश सरकार, महानगरपालिका सहकार्य गर्न तत्पर रहेको प्रतिवद्धता पराजुलीले जनाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *