सुनचाँदीको भाउ घट्यो, कति छ आजकाे भाउ ?
२०७६ मंसिर २ गते

मंसिर १, काठमाडौँ । साताको पहिलो दिन आईतबार स्थिर रहेको सुनचाँदीको भाउ सोमबार घटेको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।
आईतबार प्रतितोला ७१ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुन आज तोलमा दुई सय घटेर प्रतितोला ७१ हजार ६ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुनमा पनि तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ७१ हजार ३ सयमा कारोबार भईरहेको छ ।
सोमबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

२०७६ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित








