जंगली हात्तीको आक्रमणबाट बाबु छाेराकै मृत्यु

कात्तिक ३०, चितवन । जंगली हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जभित्र अमुवा पोष्ट नजिकै रातोमाटे डाँडोमा दुइ जनाको मृत्यु भएको छ ।   

आक्रमणकै क्रममा अर्का एक जना बेपत्ता भएका छन् । हात्तीको आक्रमणबाट माडी–१ बरुवा निवासी अन्दाजी बर्ष ६० का बाबुराम पौडेलको मृत्यु भएको हो भने उनका छोरा राजु पौडेलको मृत्यु भएकाे छ ।    

बगहीँदेखि ठोरीको अमुवा क्षेत्रमा मोटरसाइकल यात्राको क्रममा उनीहरु हात्तीको आक्रमणमा परेका थिए  । घटनाको थप बिवरण आउन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =