मरेको कुखुराको मासुले लियो एकको ज्यान, ९ जना सिकिस्त

मंसिर ४, बैतडी । मरेको कुखुराको मासु खाँदा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौँका १५ वर्षीया पुष्पा पार्की रहेका छन् ।  मासु खाँदा एउटै परिवारका नौ जना बिरामी भएका छन् ।   

शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेका स्थानीयवासी केशव पन्तले जानकारी दिए। मासु खाएपछि बान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएको थियो । शनिबार रातिदेखि नै बिरामी परेकी पुष्पाको मंगलबार घरमै मृत्यु भएको हो ।   

मासु खाएपछि ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गङ्गा, आठ वर्षीय राकेश, ३५ वर्षीया जानकी, १२ वर्षीय मनोज, १० वर्षीय रमेश, ६ वर्षीय भुवन, ६ वर्षीय रुपेश र ४ वर्षीया सपना बिरामी भएका छन् । उनीहरुलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधि दिए पनि निको नभएपछि थप उपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको महादेवस्थान स्वास्थ्य चौकीका अहेव राधिका कुँवरले जानकारी दिए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =