सीमा अतिक्रमणविरुद्ध नेवि संघको खबरदारी, सरकार किन मौन ? भन्दै सडकमा उर्लिए विद्यार्थी

कात्तिक २९, काठमाडौँ । नेपाल विद्यार्थी संघले सीमा मिँचिदा पनि सरकार निदाएको भन्दै राजधानीको नेपालटारमा आज बिरोध प्रदशन गरेको छ । नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र नेपाल राष्ट्रिय क्याम्पसको सयुक्त आयोजनामा भएको बिरोध र्याली नेपालटारबाट सुरु भएर बाईपास,माछापोखरी हुँदै पुनः नेपालटारमा गएर कोण सभामा परिनत भएको थियो।   

कोणसभालाई नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारी, नेपाल विद्यार्थी संघ आरआर क्याम्पसका सचिव अनुराग शाह, नेपाल विद्यार्थी संघ नेपाल राष्ट्रिय क्याम्पसका नेता शुशान्त सिटौला, ग्रामिण आदर्श क्याम्पसका नेता मातृका तिमल्सिना,राजेन्द्र फुयाल र दिपेन्द्र ढकाल लगाएतले सम्बोधन गरेका थिए।   

कोणसभालाई सम्बोधन गर्ने नेपाल विद्यार्थी संघका नेताहरूले सरकार सीमा मिचिदा पनि कानमा तेल हालेर बसेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । र्यालीमा सहभागीहरुले सीमा रक्षा गर, सीमा बिवाद मिलाउन कुटनितिक पहल गर, कुटनितिक पहलबाट तत्काल समाधान गर, सरकार तिमी किन मौन ? जस्ता नारा लगाएका थिए ।   

बिरोध र्यालीमा सयौं विद्यार्थीहरु सहभागी थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *