‘ए मेरो हजुर ४’ मा पनि अनमोल

मंसिर १, काठमाडौँ । चलचित्र  ‘ए मेरो हजुर ४’ मा पनि  नायक अनमोल केसी नै हुने भएको छ  । चलचित्र ‘ए मेरो हजुर ३’मा दर्शकले अती रूचाएकाे नायिका सुहाना थापा र नायक अनमोलको जोडी फेरी ‘ए मेरो हजुर ४ मा पनि दाेहाेरिन लागेका हाे ।   

निकैै सुपरहिट रहेको ‘ए मेरो हजुर ३’मा रहेका नायक अनमोल ‘ए मेरो हजुर ४’ हुने किन नहुने दुविधाले धेरै दर्शकको मनमा कौतुहल्ता पैदा गरेको थियो । अब भने दर्शकको कौतुहल्तामा पूर्ण बिराम लागेको छ ।   

एकपछि अर्को चलचित्र रिजेक्ट गरेका अनमोलले चलचित्र  ‘धुपौरे’ साइन गरेपछी ‘ए मेरो हजुर ४’ मा नहुने हल्ला पनि चलेको थियो । तर  कात्तिकको अन्तिम दिनमा आएर उनले  ‘धुपौरे’ लाई छोडेर ‘ए मेरो हजुर ४’ साइन गरेर दर्शक तथा मिडियालाई सरप्राइज नै दिए ।   

Related image

माघ १६ गतेबाट  छायाँकन सुरु हुने  ‘ए मेरो हजुर ४’ मा मुख्य पात्रमा नायक अनमोल र  सुहाना रहनेछन् ।  लभ स्टोरी कथामा अधारित राखेर बनाईने  ‘ए मेरो हजुर ४’ लाई पनि नायिका तथा निर्देशक झरना थापाले नै निर्देशन गर्ने बतार्ईएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nineteen =