नेकपाको सरकार संविधानको मर्म र भावना विपरीत चलिरहेको आरोप

कात्तिक ३०, धरान । नेपाली कांग्रेसका उपसभापति बिजय कुमार गच्छदारले अहिलकोे सरकार संविधानको मर्म र भावना विपरीत चलिरहेको आरोप लगाएका छन् ।
नेकपाको दुई तिहाईको सरकार संविधानको मर्म र भावना अनुसार नचलेर नेपाली जनतालाई दुखः दिन तत्पर रहेको गच्छदारले बताए ।
नेपाली कांग्रेस इटहरी वडा नम्बर ३ ले आयोजना गरेको कार्यकर्ता भेला तथा बनभोज कार्यक्रम लाई संबोधन गर्दै उपसभापति गच्छदारले नेकपाको सरकारले जनताका अधिकारहरु कटौती गर्ने गरि मानव अधिकार र प्रेस स्वतन्त्रतालाई समेत नियन्त्रण गर्ने प्रयास गरेको बताउँदै लोकतन्त्र र नागरिक अधिकार रक्षाका लागि कांग्रेस सधै कटिवद्ध भएर लाग्ने जिकिर गरे ।

गच्छदारले पार्टी भित्रको गुट उपगुट अन्त्य गर्न आफु लागी परेको बताउँदै कार्यकर्तालाई मनोवल उच्च बनाएर संगठन विस्तारमा लाग्न र स्थानीय उपचुनावमा कांग्रेसलाई बहुमतले जिताउन निर्देशन पनि दिए ।
यसैबीच कांग्रेसको तर्फबाट धरान उपमहानगरको मेयरको उमेद्वार तिलक राईले यसपालीको चुनावमा आफनो जित निश्चित रहेको दाबि गरेका छन ।
चुनावी अभियानको क्रममा घरदैलौ कार्यक्रममा राईले यस्तो दाबि गरेका हुन । उनले बिगतका चुनावको आधारमा कम्युनिष्टको लाल किल्लाको नारा दिने गरेको बताउँदै यसपालीको चुनावको परिणामले धरानमा कम्युनिष्टको दम्भको अन्त्य हुने दावि समेत गरे ।
राईले भने ‘औपचारीक रुपमा निर्वाचन आयोगले १४ गतेको निर्वाचन पश्चात मत गणना घोषणा गर्छ तर, धराने जनताको साथ र सहयोगले यसपाली नेपाली कांग्रेसले धरानमा चुनाव जित्ने लगभग पक्का भइसकेको छ ।’ उनले भने ।
धरान १७ मा पत्रकारहरुको लाल किल्लामा कंग्रेसको जित कसरी निश्चित छ ? भन्ने प्रश्नमा राईले भने–‘यसपाली कांग्रेस बाहेकका मतदाताहरु मजदुर, किसान, विभिन्न पेसाकर्मीको साथ मलाई छ । त्यस कारण लाल किल्ला तोडिन्छ ।’








