प्रधानमन्त्रीलाई लगाईएको आरोप आशंका मात्र ठहर होईनः काँग्रेस प्रवक्ता शर्मा

’मंसिर ९, कास्की । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोप  आशंका मात्रै रहेको ठहर नभएको  काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । उनले सोमबार पोखरामा  भएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा यस्तो बताएका हुन् । 

देउवाले शनिबार पोखरामा भएको चुनावी आमसभामा बोल्ने क्रममा प्रधानमन्त्री कै संलग्नतामा भारतले नेपाली भूभाग कालापानी, लिपुलेक तथा लिम्पियाधुरालाई आफ्नो नयाँ राजनितिक नक्सामा समावेश गरेको आरोप लगाएका थिए ।   

कांग्रेस प्रवक्ता शर्माले सो आरोप आशंका मात्रै रहेको  तर ठहर नभएको दावी गर्दै  देशको स्वाधिनता मिचिएको अवस्थामा सरकारप्रति शंका गर्न पाउने अधिकार हुने र प्रतिपक्षी दलको नेताका हिसाबले देउवाले शंका गरेको बताए ।   

शर्माले प्रधानमन्त्री ओलीले सीमा समस्याका बारेमा छलफल गर्न बालुवाटारमा बोलाएको सर्वपक्षीय बैठकमा देउवाले भारतले अतिक्रमण गरेको भूमि फर्काउन छिटो पहल गर्न भनेको स्मरण गर्दै यसमा कुनै पहल नै नभएको समेत बताए । 

उनले भने ‘भारतको प्रधानमन्त्रीलाई विभिन्न भाषामा जन्मदिनको शुभकामना दिँदै गर्दाखेरि नेपालको मिडियालाइ मात्र खपत हुने गरि विज्ञप्ति आए कालापानीको विषयमा,’ यतिका समय गैसक्यो, मोदीको नाममा आजसम्म एक टेलिफोन काठमाडौंबाट गैरहेको छैन ।’ 

प्रधानमन्त्रीलाई लगाएको आरोपको खण्डन गर्दै  आईतबार कास्कीमा भएको पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले  देउवाले लगाएको आरोप लज्जाजनक भएको भन्दै  खेद प्रकट समेत गरेका थिए ।   

त्यसैगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नरायणकाजी श्रेष्ठले देउवाको आरोपको खण्डन  गर्दै उनले  ट्वीटरमा लेखेका छन् । ‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओली माथि आरोपित गर्दै पूर्व प्रम देउवाले पोखरामा बोलेको कुराको जति निन्दा र भर्त्सना गरेपनि कम हुन्छ,’  ‘तात्कलीक तुच्छ स्वार्थ (चुनाव) का लागि राष्ट्रियता जस्तो संबेदनशील बिषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ। अझैँ चेतेनन्।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =