नेपाल बैंक लिमिटेडले मनायो आफ्नो ८३ औँ वार्षिकोत्सव

मंसिर १, काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्नो ८३ औँ वार्षिकोत्सव मनाएको छ । बैंक १९९४ साल कार्तिक ३० गते स्थापना भएको बैंक ८२ वर्ष पूरा गरी ८३ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विशेष कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सब कार्यक्रममा बोल्दै अर्थमन्त्री यूवराज खतिवडाले बैंकहरु ब्यवसायक बन्नु पर्ने बेला आएको बताए । मन्त्री खतिवडाले सरकारी बैंकको बजार हिस्सा न्यून रहेको भन्दै प्रतिस्प्रधी बन्न लगानी कर्तालाई प्रोत्साहान गुर्नपर्ने बताए ।
उनले बैंकको सुदृढीकरणका लागि गैर कोषमा आधारित आम्दानी बढाउनु पर्ने र प्रविधिको प्रयोग मार्फत उच्च ब्यवसायिकतालाई प्रदर्शन गर्नुपर्नेमा जोड दिए । कार्यक्रमममा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीले नेपाल बैंक लिमिटेडले आान्तरिक नियन्त्रणलाई चुस्त दुरुस्त बनाउँदै गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि वढ्नुपर्नेमा जोड दिए ।
null
नेपाल बैंक लिमिटेडका कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको वित्तीय अवस्थामा सुधार भएको उल्लेखगर्दै चाँडै नै मुलुकका ७७ वटै जिल्लामा शाखा बिस्तार गर्ने गरि काम भईहेको जानकारी दिए । उक्त वार्षिकोत्सव कार्यक्रमकै अवसरमा बैंकले नेपालको पहिलो बैंकिङ म्युजियमका साथै १८ ओटा शाखाहरुको पुर्स्थापना समेत गरेको छ ।
विगतमा सञ्चालन भएर विभिन्न कारणले बन्द हुन पुगेका १८ शाखासहित दुईओटा एक्सटेन्सन काउन्टरको अर्थमन्त्री खतिवडाले एकैपटक ‘डिजिटल’ उद्घाटन गरे ।








