कलेजाे सुरक्षा गर्न कफीको महत्वपूर्ण भूमिका

कार्तिक २७ । दिनदिनै कफी पिउदा स्वास्थ्यका लागि लाभदायी छ भन्ने विषय धेरै मानिसलाई थाहा होला । शारिरिक स्फूर्तिका लागि सेवन गरिने कफीले कलोजो सुरक्षामा महत्पूर्ण भूमिका खेल्ने देखिएको छ ।
विभिन्न अध्ययनहरूबाट दिनहुँ कफीको सेवनले कलेजोको सुरक्षा गर्न निकै महत्पूर्ण भूमिका खेल्ने निष्कर्ष निकालिएको छ । यूनिभर्सीटी अफ साउथएम्पटनमा हालै गरिएको अनुसन्धानले रक्सीको सेवनबाट कलेजोमा हुने असरलाई कफीको दिनको दुईकपले घटाउन मद्दत गर्न सक्ने नतिजा निकालेको छ ।
अझ कफीको नियमित सेवनले ‘लिभर सिरोसीस’ हुने सम्भावनालाई ४४ प्रतिशतले घटाउने गर्छ ।

उक्त यूनिभर्सीटीका अनुसन्धानकर्ताहरुले नौं वटा लामो अध्ययनलाई रिभ्यु गरेर अनुसन्धानमा ६ देशका ९७८ यूवाहरु समावेश गरेका थिए । अध्ययन अनुसार हरेक दिन दुईकप कफी पिउने मानिसहरू लिभर सिरोसिसबाट ग्रसित हुने सम्भावना एकदमै कम देखियो ।
‘साईन्स जर्नल एलिभेन्टरी फर्माकोलोजी एण्ड थेराप्यू टिक्स’मा प्रकाशित गरिएको खवर अनुसार संसारभर हरेक वर्ष १० लाख मानिस लिभर सिरोसिसको कारणले मर्ने गरेको तत्थ्याङ्क छ । लिभर सिरोसिस अल्कोहलको बढी सेवन तथा हेपाटाईटिस सी को संक्रमणबाट कलेजोमा हुने क्षति हो ।
लिभर सिरोसिसले कलेजोको काम बन्द गराई मृत्युको जोखिममा पुर्याउने गर्छ । कफीमा पाइने कैयौ पदार्थहरू स्वास्थ्यलाई फाईदा नगरे पनि रक्सी धेरै खाने व्यक्तिहरूको कलेजोलाई भने केहि हद सम्म सुरक्षित राख्न मद्दत गर्छ । एजेन्सी








