धरानमा ५९.१३ प्रतिशत मत खस्यो, मत गणना आजैबाट (अपडेट)

मंसिर १४, धरान । धरानमा स्थानीय तहको मेयर र एक वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचन शान्तीपुर्ण रुपमा सम्पन्न भएको छ । धरानमा कुल मतदाता संख्या ९२,८५३ मा  ५४,९०५ अर्थात ५९ १३ प्रतिशत मत खस्यो । प्रतिशत मतदाताले मतदान गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

विहान ७ वजे देखि सुरु भई साँझ ५ वजेसम्म गरेको मतदान पश्चात अहिले मुख्य निर्वाचन कार्यालयमा मतपेटिका लाने कार्य भइरहेको छ ।  

धरानमा सबै मतपेटीकाको बुथ नजिकै भएकाले आजै नै मुख्य निर्वाचन कार्यालयमा आइपुग्ने र सम्भवतः बेलुका ७ बजेबाट सर्वदलिय बैठक बसेर मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।   

मत गणना सुरक्षित ढंगले गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यलय धरान १५ ले सबै तयारी पुरा गरिसकेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fourteen =