पूर्व लडाकुहरुभन्छन् – प्रचण्ड कार्यकारी अध्यक्ष भए्, अब केहि राहत पाइन्छ की

मंसिर ९, धरान ।  दश वर्षे जनयुद्धका पूर्व लडाकुहरुले जनमुतिm सेनाको १८ औँ स्थापना दिवशको आवसरमा शनिबार धरानको देखिलाईनमा भेला तथा भेटघाट गरेका छन् । जनमुतिmसेना सुनसरी जिल्ला कमिटिले आयोजना गरेको सो भेलामा जनमुतिm सेनाका व्रिगेड कमानडर तथा नेकपा एक नम्वर प्रदेशका सचिव सुरेस राई (हिमाल) ले जनमुतिm सेना नेपालकै एक अमुल्य पुँजी भएको बताए ।   

भेलामा जनमुतिmसेनाका कमाण्डर घाईते कन्चनले देशको लागि मरीमेटेर लाग्ने जनसेनाका लडाकुहरुलाई हिजोआज खनार, दुहवीको कारखाना वा अरवको खाडीमा भेट्टाउनु पर्ने अवस्था आएको भन्दै जनयुद्धका नायक प्रचण्ड नै अहिले देशको शतिmशाली पार्टीकोे कार्यकारी अध्यक्ष भएकाले अब भने जनयुद्धका शहिद, घाईते, बेपता र लडाकुहरुले राहत पाउनेमा आफुहरु आशावादी भएको वताईन ।   

भेलामा जनसेनाका व्रिगेडियर तथा नेकपाका केन्द्रीय सदस्य किरण राई , नेकपाका प्रदेश सदस्य मुक्साहाड मेयाडवो, हिमाल, रेखा कन्दडवा, जनमुतिm सेना सुनसरी जिल्ला कमिटिका अध्यक्ष प्रदिप श्रेष्ठ, जनमुतिm सेनाका प्रदेश नम्वर १ का अध्यक्ष मिशन तामाड लगायतले क्रान्तिको् एक पाटो निर्वाचन पनि भएकोले सवैले आसन्न उपनिर्वाचन नेकपाका उम्मेदवारलाई जिताउन आव्हान पनि गरेका  थिए ।         

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fifteen =