एम्नेष्टि इन्टरनेशनलको २८ औं साधारण सभा भाेलीदेखिः मानव अधिकार उल्लंघन बारे समिक्षा हुँदै

कात्तिक २१, धरान । एम्नेष्टि इन्टरनेशनल नेपालको २८ औं साधारण सभा शुक्रबारबाट धरानमा सुरू हुने भएको छ । एम्नेष्टी इन्टरनेशनल नेपालले बिहिबार धरानमा पत्रकार सम्मेलन गरी शुक्रबार साधारण सभा हुने एम्नेष्टी नेपालका निर्देशक निराजन थपलियाले बताए । उनका अनुसार साधारण सभाको उद्घाटन राट्रिय मानब अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माबाट हुने छ । 

‘साधारण सभाको कार्यक्रम ३ दिनसम्म हुनेछ ।’ उनले भने । 

सम्मेलनले सन २०२० का लागि प्राथमिकता र संस्थागत बजेट निर्धारण गर्नुका साथै मानवअधिकार हननका विषयमा समिक्षा गर्नेछ । निर्दैशक थपलियाले संसारभरी मानव अधिकार उलंङघनका घटनाहरु ब्यापक रुपमा भईरहेको र ती चुनौतीहरुको सामना गर्नका लागि मानव अधिकार सम्बन्धी रणनीति र कार्ययोजना समेत तयार गर्नेछ । 

एम्नेष्टि नेपालले गतसाल हत्या गरिएकी भारतकी पत्रकार गौरी लङकेशका लागि न्यायको माग समेत गर्नेछ । त्यस्तै विश्वव्यापी रुपमा विकसित भइरहेको खुम्चँदो नागरिक स्वतन्त्रता र आधारभूत अधिकारमा आएको संकुचन साधारण सभामा छलफल हुनेछ । एम्नेस्टी नेपालमा आबद्ध सबै सदस्यहरुले बिभिन्न हिंसासम्बन्धी घटनाहरुमा व्याप्त दण्डहीनता अन्त्यको माग गर्दै सार्वजनिक रुपमा नाटक समेत प्रस्तुत गरिने अध्यक्ष थपलियाले जानकारी दिए । 

नेपालमा द्वन्द्वकालिन मावनअधिकार उल्लंघनका घटनाहरु अन्य अपराधका घटनाहरुमा झ्याङ्गिदै गएको दण्डहीनताको संस्कृति, महिला हिंसा अन्त्यका लागि प्रभावकारी कदम चाल्न तथा नेपालका आप्रवासी श्रमिकलगायतका सीमान्तकृत समुदायहरुको मानवअधिकार सुनिश्चित गर्न राज्य बिफल भएको विषयमा पनि साधारण सभामा समिक्षा गरिने छ । 

साधारण सभामा एम्नेस्टी नेपालका १३० जना प्रतिनिधि, निर्माणधीन समूह, युथ नेटवर्कका पर्यवेक्षकहरु, बोर्ड पदाधिकारी, सल्लाहकारहरु, पूर्वपदाधिकारी तथा निर्देशकहरु र कर्मचारीलगायतको सहभागिता रहने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *