डा. केसीको अनशन नछाड्ने अडानः समर्थकका कारण भयो डडेल्धुरा अस्पतालमा तनावग्रस्त

कार्तिक २५, डडेल्धुरा ।  डडेल्धुरामा अनशनरत  डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन् झन्  गम्भिर हुँदै गई रहेको अवस्थामा प्रहरीको  दबावका कारण त्यहाँको स्थिती तनावग्रस्त भएको छ ।   

गएको  ६ दिन देखी चिकित्सा शिक्षा सुधारको माग राख्दै डडेल्धुरामा  अनशन बसेका डा. केसीलाई  अनशनस्थल छोडी उपचारको लागि अन्यन्त्र लैजान प्रहरीले दवाव दिएपछी  त्यहाँको स्थिती तनावग्रस्त भएको हो ।   

स्वास्थ्य अवस्था झ्नझ्न गम्भिर हुँदा पनि डा. केसीले उपचारका लागि अनयन्त्र नजाने अडान गरेपछी प्रहरीले जबरजस्ती गर्न खोजेको भन्दै डा. गोविन्द केसीका समथर्कहरुले प्रदर्शन गरेर डडेल्धुरामा तनावको स्थिती उत्पन्न गरेका छन् । 

Image result for डा. केसी

डा. केसीको स्वास्थ्य अवस्था दिनानु जटिल बन्दै गए पनि सरकारले डा. केसीको मागको कुनै वास्ता नगरेको भन्दै त्यहाँ उनका समर्थकहरुले प्रदर्शन गरिरहेका छन् ।   

केसीको रक्तचाप र मुटुको धड्कन अनियमित भएर स्वास्थ्य गम्भिर भएपछी  डडेल्धुरा अस्पतालले डा। केसीको स्वास्थ्य अवस्था नाजुक बनेको र थप उपचारका लागि अन्यत्र लैजानुपर्ने भन्दै आइतबार साँझ नै विज्ञप्ति जारी गरेको थियो । 

उपचारको लागि उनलाई काठमाडौँ ल्याउन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेपनी डा. केसीले उपचारका लागि अन्यत्र जान नमानेकाे  डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले जानकारी दिएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *