आसामको कोठीमा बेचिएका ४ बालिकासहित सात नेपाली महिलाको उद्धार
२०७६ मंसिर ३ गते

मंसिर ३, काठमाडौं । भारतको आसाममा रहेको एक कोठीबाट ४ बालबालिकासहित ७ नेपाली महिलाको उद्धार गरिएको छ ।
मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले उनीहरुको उद्धार गरेको हो ।
लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयमा नेपाली युवती र महिलाहरुलाई यौन धन्दामा लगाइएको भन्ने सूचना पुष्टि भएपछि भारतीय अधिकारीहरुसँग समन्वय गरी उद्धारका लागि शक्ति समूहको टोली त्यहाँ पुगेको थियो । सोमबार साँभ उनीहरुलाई उद्धार गरिएको शक्ति समूहका तालिम तथा कानुनी परियोजना संयोजक दिलिप कोइरालाले जानकारी दिए । उनका अनुसार २० वर्ष मुनिका तीन जना र बाँकी बालबालिका छन् ।

२०७६ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








