इटहरीमा महिलाको शव सडेको अवस्थामा फेला
२०७६ मंसिर २ गते

मंसिर २, इटहरी । सोमबार प्रहरीले इटहरीमा एक करिब २५/३० वर्षकाे जस्तो देखिने एक महिलाको शब बेवारिसे अवस्थामा फेला पारेको छ ।
प्रहरीका अनुसार इटहरी ४ मा अवस्थित बुढिखोलाको किनारमा सडिएको अवस्थामा उक्त महिलाको शव स्थानियले देखेका थिए ।
प्रहरीका अनुसार उनको शवको सनाखत हुन नसकेको र उनको के कारणले मृत्यु भयो कारण भने खुल्न बाँकी रहेको छ । घटनाबारे अनुसन्धान भईरहेको लाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

२०७६ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित








