रत्ननगर रोटरीले गरेको कामको समिक्षा

मंसिर ११, चितवन ।  रोटरी क्लब अफ रत्ननगरले हाल सम्म गरेका क्रियाकलापहरुको समिक्षा गरिएको छ । क्लबले रत्ननगरमा गरेको डिस्ट्रिक गर्भनर क्लब भिजिट कार्यक्रममा प्रमुख अतिथी समेत रहेका  रोटरी डिस्ट्रिक गर्भनर किरण लाल श्रेष्ठले सामाजिक काम गर्ने उद्देश्यको साथ स्थापना भएको यस संस्थाले अझ बढि सामाजिक हितमा लाग्न आग्रह  गरे । 

 रोटरी क्लव अफ रत्ननगरले बाढी पीडित मुसहरहरुका लागि आवास  निर्माण, टिकौलीमा सार्वजनिक शौचालय निर्माण, रत्ननगर उद्योग वाणिज्य संघमा लाईव्रेरी स्थापना लगायत महत्व पूर्ण कार्य गरिसकेको छ भने अहिले रत्ननगरको सौराहा प्रवेशद्धार सिसुवारमा रोटरी घण्टा घर निर्माणको काम भईरहेको छ । 

रत्ननगर रोटरीले गरेको क्रियाकलापबाट अन्तराष्ट्रिय स्तरमा सकारात्मक सन्देश गएको डिष्ट्रिक गर्भनर श्रेष्ठले बताए । रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष बिपिन पोख्रेलले एक अर्कामा सेवा गर्ने भावनाको विकासकै कारण रत्ननगरले उदाहरणीय काम गरेको दावी गरे ।  

कार्यक्रममा रोटारीको बिधान अनुुसार ५ वटा स्थायी कमिटीका अध्यक्षहरुले प्रतिवेदन समेत प्रस्तुत गरेका थिए भने सो प्रतिवेदनमा डिस्ट्रिक गर्भनर किरण लाल श्रेष्ठ तथा सहायक गर्भनर चन्द्रमान श्रेष्ठले टिप्पणी गर्दै क्लबका क्रियाकलापको प्रशंसा गरेका थिए । सामाजिक कार्यमा अग्रणी भुमिका निर्वाह गरेको  रोटरी क्लब अफ रत्ननगरमा हाल ४४ जना सदस्यहरु रहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =